दफा १२क
सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च
कुनै कम्पनीले कुनै आय वर्षमा विभागको पूर्व स्वीकृति लिई नेपालभित्र रहेका प्राचीन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा गरेको खर्चमध्ये दश लाख रूपैया“सम्मको रकम वा निर्धारण योग्य आयको दश प्रतिशतले हुने रकममध्ये जुन घटी हुन्छ त्यस्तो रकम आफ्नो उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन दाबी गर्न सक्नेछ ।